भागबन्डा नमिल्दा कोशीका मुख्यमन्त्रीको शपथ रोकियो « Khabarhub

भागबन्डा नमिल्दा कोशीका मुख्यमन्त्रीको शपथ रोकियो


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम प्रभावित भएको छ ।

हिजो साँझ प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा नियुक्त थापाले आज बिहान साढे १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो ।

तर दलहरुबीच भागबन्डामा कुरा नमिले पछि शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको छ ।

मुख्यमन्त्री थापाले चार सदस्यीय मन्त्रिपरिषद् बनाउँदै शपथ लिने तयारी गरेका थिए । तीन मन्त्री नियुक्त गर्ने र पछि जिम्मेवारी तोक्ने मुख्यमन्त्री थापाको तयारी थियो ।

तर, मन्त्रालयको जिम्मेवारी नतोकी बिना विभागीयको हैसियतमा शपथ नलिने गठबन्धनमा आवद्ध दलहरुले अडान लिएपछि शपथको कार्यक्रम पछि सरेको हो ।

सभामुखबाट हिजो राजीनामा दिएका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ५६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको