निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट « Khabarhub

निर्माणाधिन संसद भवनको प्रगतिप्रति सभामुख घिमिरे असन्तुष्ट


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेले निर्माणाधिन संसद भवनको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार सिंहदरबारमा निर्माणाधिन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गरे ।

असोजसम्म निर्माण सम्पन्न गर्ने भएपनि हिउँदे अधिवेशनसम्म पनि सम्पन्न नहुने देखिएको उनले बताए । सभामुख घिमिरेले अहिलेको संसद भवनमा देखिएको समस्या नयाँ भवनमा सरेपछि समाधान हुने भनेपनि समयमा नै सम्पन्न हुन नसक्दा असहज भएको धारणा राखे ।

छलफलका क्रममा विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले अहिले संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको जानकारी दिए । उनले ३ अर्ब ७७ करोडको भुक्तानी भइसकेको बताए ।

सिंहदरबारभित्र कुल १ सय ७३ रोपनी ८ आना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना सहितको नयाँ संसद भवन निर्माण भइरहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : १५ बजे

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,