मन्त्रालयको काम ठेक्कापट्टा होइन : मन्त्री जोशी « Khabarhub

मन्त्रालयको काम ठेक्कापट्टा होइन : मन्त्री जोशी


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताएका छन् । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज चितवनमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताए ।

उनले भने, ‘मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होइन ।’ आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उनको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उनले बताए । उनले भने, ‘देशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यान्वयनमा आउँछ ।’ कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उनको भनाइ छ ।

उनले प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्टाइ निःशुल्क उपचार अनिवार्यरूपमा गराउन लागिपरेको बताए ।

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको भन्दै उनले सरकार हरेक नागरिकका पक्षमा रहने बताए । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक रहेको भन्दै उनले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १२ : ३९ बजे

कञ्चनपुरको बजैनाथ मावि सङ्कटमा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित बजैनाथ माध्यमिक विद्यालयमा जीर्ण भवन,

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौं– सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले औद्योगिक

पत्रकार महासङ्घको स्थापना दिवसमा ६ पत्रकार पुरस्कृत

दमौली– नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा तनहुँमा ६

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश मेघराज पोखरेलको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी

कृषि विषयको अनुसन्धानमा कर्णाली सरकारको पाँच लाख सहयोग

कर्णाली– कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्‍याउनका लागि