मन्त्रालयको काम ठेक्कापट्टा होइन : मन्त्री जोशी « Khabarhub

मन्त्रालयको काम ठेक्कापट्टा होइन : मन्त्री जोशी


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

चितवन– बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले मन्त्रालयको काम नीति बनाउने भएकाले ठेक्कापट्टाका विषयमा ध्यान नदिने बताएका छन् । ज्येष्ठ नागरिक सङ्घ चितवनले आज चितवनमा आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उनले ठेक्कापट्टाको काम आफू नेतृत्वको मन्त्रालयले नगर्ने बताए ।

उनले भने, ‘मन्त्रालयको काम भनेको नीति, नियम र कानुन बनाउने हो । ठेक्कापट्टा गर्ने होइन ।’ आफूले अहिले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधारका लागि नीतिगत कम गरिरहेको उनको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारसँगै सेवामा समेत सुधार आवश्यक रहेको बताए ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नीतिगत सुधारकै क्रममा असहाय तथा विपन्न नागरिकका लागि अस्पताललाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको उनले बताए । उनले भने, ‘देशका १३ जिल्लाका अस्पतालका लागि निर्देशन गरिएको छ । यो कार्यान्वयनमा आउँछ ।’ कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिने उनको भनाइ छ ।

उनले प्रचलित मापदण्डबमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्टाइ निःशुल्क उपचार अनिवार्यरूपमा गराउन लागिपरेको बताए ।

प्रदेश सरकार जनताका पक्षमा छ भन्ने आभास हुने गरी काम गर्न लागिएको भन्दै उनले सरकार हरेक नागरिकका पक्षमा रहने बताए । ज्येष्ठ नागरिकप्रति सरकार सधैँ सकारात्मक रहेको भन्दै उनले ज्येष्ठ नागरिकबाट अहिले पुस्तान्तरणका कार्य हुन जरुरी रहेको बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ३९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४