दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज दिनभर राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने, ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा, हनुमानढोका परिसरमा सवारी साधन निषेध, कानून व्यवसायीको विरोध प्रदर्शन मंगलबार पनि जारी, हवाई भाडा घट्यो, एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाईलगायतका समाचारले प्रमुख स्थान पाए

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने भएको छ । अघिल्लो साताको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च व्यहोर्ने निर्णय गरेको हो ।

राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदा लागेको हवाई भाडा, अस्पतालको खर्च, सुरक्षाकर्मीको भ्रमण भत्तासहित ५५ लाख २ हजार २ सय ८९ रुपैयाँ सरकारले व्यहोर्ने भएको हो । यसअघि पौडेलको उपचार खर्च सरकारले व्यहोर्न नहुने भन्दै चौतर्फी आलोचना भएको थियो ।

ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याइने’ मा परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको हिरासतमा रहेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले दायर गरेको रिटको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगको म्याद थप्न सरकार सहमत

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप गर्न सहमति दिएको हो । कानून तथा संसदीय मामिला मन्त्रालयको सिफारिसमा पुस मसान्तसम्म म्याद थप्नका लागि बाधा अड्काउ फुकुवाको आदेश जारी गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गुगल माइक्रोसफ्टजस्ता छ ठूला अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता

सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन् ।

नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले विद्युतीय सेवा कर डिजिटल सर्भिस ट्याक्ससम्बन्धी व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार हालसम्म छवटा विदेशी कम्पनी दर्ता हुन आएको ठूला करदाता कार्यालयका कर अधिकृत साधुराम पुडासैनीले जानकारी दिए । विद्युतीय सेवा कर तिर्ने कम्पनी ठूला करदाता कार्यालयमा दर्ता भइरहेका छन् । यस्ता कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी भने अझै कर प्रणाली बाहिर छन् ।

हनुमानढोका परिसरमा सवारी साधन निषेध

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी उल्लेख गरेका हुन् ।

हवाई भाडा घट्यो, कहाँको कति ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा हवाई भाडा घटाएको छ ।

असार २० गते बुधबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा घटेको छ ।

कानून व्यवसायीको विरोध प्रदर्शन मंगलबार जारी

कानून व्यवसायीहरुले न्यायालयको शुद्धीकरणका लागि भन्दै मंगलबार पनि प्रदर्शन गरेका छन् ।

ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानून व्यवसायीले मंगलबार पनि आन्दोलनलाई कायमै राखेका हुन् ।

राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० टेबुल भएको छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरेका हुन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।

बाढीपहिरोबाट भएको क्षतिबारे राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकारसमक्ष माग गरेका छन् ।

सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिए ।

सगरमाथा आरोहणकाे मापदण्ड कानूनमै व्यवस्था गर्न सांसदको माग

सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्न सांसद सोनाम ग्याल्जेन शेर्पाले माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोपको २० हजार भाइल नेपाल आइपुग्यो

पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिएका छन् ।

सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने उनको भनाइ छ । अहिले पाइलट प्रोजेटको रूपमा खोप लगाइने भएकाले कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल भइरहेको उनले बताए ।

जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।

हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिले अन्तरले हराउँदै नेपालले सानदार जित निकालेको हो ।

नेपालले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बलमा अलआउट हुँदै ३१ रनमा समेटियो । मलेसियाका मुहम्मद अक्रमले सर्वाधि १० रन बनाए । 

सुनको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।

योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।

मंगलबार नेप्सेमा दोहोरो अंकको वृद्धि

लगातार तीन दिन ओरालो लागेपछि नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यसअघि ३ दिनमा नेप्से परिसूचक कुल ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भएपनि कारोबार रकम भने प्रभावित भएको छ ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ९ : ०० बजे

सदन खुलाउन प्रधानमन्त्री, सभामुख र ओलीबीच छलफल सुरु 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, ​​​​​​​प्रतिनिधि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय

सदनको अवरोध भोलि बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर