दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आज दिनभर भूकम्पमा परी १ सय ५७ जनाको मृत्यु, १ सय ९७ घाइते, भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ, उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन, जाजरकोट भूकम्पप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त, कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेलगायतका समाचारले प्रमुख स्थान पाए ।

भूकम्प अपडेट : १ सय ५७ जनाको मृत्यु, १ सय ९७ घाइते

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुबै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ ।

भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुनःस्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरेका छन् ।

गएराति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूति सुन्न, घाइतेको उद्धार र पीडितको राहतका निम्ति आफू प्रभावित क्षेत्रमा पुगेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री आज बिहानै स्वास्थ्यकर्मी र राहत सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए ।

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले व्यहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता

सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसकेको बताएकी हुन् ।

जाजरकोट भूकम्पप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस आन्तरिक झगडामा रुमल्लिनु दुखःद् : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा कांग्रेस पार्टी आन्तरिक झगडामा रुमल्लिनु दुखःद भएको बताएका छन ।

विपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरी नेपालको राजनीति घुमेको प्रशङ्ग स्मरण गर्दै कोइरालाले नेताहरुकै कमीकमजोरीका कारण कांग्रेसको छवि दिनदिनै गिर्दै गएको बताए ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि कात्तिक १९ गते बस्ने भएको छ ।

कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने

चीनले भूकम्पबाट प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने भएको छ ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मार्फन् नेपालका लागि चिनियाँ राजदूत छन सोङले सहायता सामग्री प्रदान गरिने जानकारी दिएका हुन् ।

सर्वदलीय सरकारको पक्षमा छौँ : कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन् ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषदमा सामेल गराएको स्पष्ट पारे । साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : १५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने