इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

जाकर्ता इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए । 

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने , ‘त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ ।’

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ । अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो । 

मुलुकको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ र यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन् । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १२ : ३९ बजे

मुख्यमन्त्री कार्कीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुस्लिम समाज मोरङ, विराटनगरले

गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट 

रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई

चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा

काठमाडौं– सरकारले चारजना सचिवहरूको सरुवा गरेको छ । जसअनुसार संघीय

लगालग विकेट गुमेपछि लुम्बिनी संकटमा 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको