बारामा बसको ठक्करबाट एक जनाको मृत्यु « Khabarhub

बारामा बसको ठक्करबाट एक जनाको मृत्यु


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा बसकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार मध्यान्ह वीरगंजबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० नम्बरको बस ब्याक गर्नेक्रममा निजगढ नगरपालिका ८ बुधचोकका ५० वर्षीय मजिद मियाको ज्यान गएको हो । 

बसको ठक्करबाट घाइते भएका मियालाई तत्काल स्थानीय सिटी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्ज रेफर गरिएकोमा अस्पताल पुर्‍याए लगत्तै उनको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।

बस चालक सिरहा सुखिपुर नगरपालिका ८ का ४२ वर्षीय ललन कुमार दासलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय निजगढमा राखेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ५ : ५६ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा