जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ « Khabarhub

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र सर्लाहीबाट २० जनालाई जुवातास खेलिरहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कँडेलसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

सर्लाही, लालबन्दी नगरपालिका-१७ रानिगंज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१७ बस्ने ६० वर्षीय बेचु बम्जन समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३ सय ४० रुपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  १ : २८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय