प्रधानमन्त्री प्रचण्ड र जानकी मन्दिरका महन्तबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र जानकी मन्दिरका महन्तबीच भेटवार्ता


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धनुषाको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतको टोलीले भेटवार्ता गरी विभिन्न मन्दिरको संरक्षण तथा संवर्द्धनका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा विभिन्न मन्दिरका पुजारी सन्तको उपस्थिति थियो । भेटघाटमा जानकी मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मठमन्दिरसँग जोडिएका विविध पक्षका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता रहवर अन्सारीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालसँग भएको भेटका बारेमा जानकारी दिँदै अन्सारीले भने, “आदरणीय सन्तले उठाउनुभएका विषयप्रति प्रधानमन्त्रीले गहिरो चासो लिँदै तथ्यपरक र वैज्ञानिक ढङ्गले आवश्यक पहलकदमी आफ्नोतर्फबाट हुने आश्वासन दिनुभएको छ ।”

यस्तै, धर्मसँग जोडिएका विषयलाई परम्परागत रूपले मात्र नभई समय सान्दर्भिक रही मानवोचित कार्यको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ लाभ पाउने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ३८ बजे

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी