प्रधानमन्त्री प्रचण्ड र जानकी मन्दिरका महन्तबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र जानकी मन्दिरका महन्तबीच भेटवार्ता


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धनुषाको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतको टोलीले भेटवार्ता गरी विभिन्न मन्दिरको संरक्षण तथा संवर्द्धनका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा विभिन्न मन्दिरका पुजारी सन्तको उपस्थिति थियो । भेटघाटमा जानकी मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मठमन्दिरसँग जोडिएका विविध पक्षका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता रहवर अन्सारीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालसँग भएको भेटका बारेमा जानकारी दिँदै अन्सारीले भने, “आदरणीय सन्तले उठाउनुभएका विषयप्रति प्रधानमन्त्रीले गहिरो चासो लिँदै तथ्यपरक र वैज्ञानिक ढङ्गले आवश्यक पहलकदमी आफ्नोतर्फबाट हुने आश्वासन दिनुभएको छ ।”

यस्तै, धर्मसँग जोडिएका विषयलाई परम्परागत रूपले मात्र नभई समय सान्दर्भिक रही मानवोचित कार्यको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ लाभ पाउने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ३८ बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।