पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्छ : कांग्रेस नेता रिजाल « Khabarhub

पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्छ : कांग्रेस नेता रिजाल


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले अब पार्टीलाई अघि बढाउन युवाले जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन्  । पूर्वमन्त्री तथा कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको १३औँ स्मृति दिवसका अवसरमा उनको  सालिकमा माल्यार्पण गर्दै नेता रिजालले अघिल्ला पुस्ताको योगदानको रक्षाका लागि युवा पुस्ता अग्रसर हुनुपर्ने बताएका हुन् ।

देशमा प्रजातन्त्र प्राप्तिका लागि स्व. राईको योगदान अतुलनीय रहेको बताउँदै उनले  प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ता गम्भीर हुन जरुरी रहेको उल्लेख गरे । ‘इतिहास मात्रै भजाएर अब कांग्रेस बन्दैन, नयाँ पुस्ताका युवाले जनताको मर्म बुझेर इतिहासको रक्षा गर्दै आगामी योजना तय गर्नुपर्छ ।’ उनले भने ।

कांग्रेसभित्र रूपान्तरणको खाँचो रहेको र त्यसका लागि केन्द्रीयस्तरमा आफूहरु लागेको नेता रिजालको भनाइ थियो । पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समेत नेता रिजालले नयाँ राजनीतिक दलको उदयले पुराना पार्टीलाई थप जिम्मेवार हुन सचेत गराएको उनले उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालले स्व. राई ओखलढङ्गाको विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै देशको परिवर्तनका लागि सङ्घर्षरत  नेता भएकाले आज पनि उनको योगदानको स्मरण हुने गरेको  बताए ।

स्वर्गीय नेता राईको सालिकमा नेता  रिजाल, सांसद  खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाललगायतले माल्यार्पण गर्नुभएको बलबहादुर राई स्मृति प्रतिष्ठानका अध्यक्ष शङ्कर खनालले बताए ।

उन्नाइस पटक देशको कार्यवाहहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको विसं २०६७ असार २० गते ८९ वर्षको उमेरमा निधन भएको थियो । जिल्लामा प्रायः सबैजसो पार्टीले स्व राईको योगदानको स्मरण गर्ने गर्दछन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  २ : ४३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ