विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

आज असार २०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

फ्रान्सको बस्टाइल डेमा विशेष अतिथिका रुपमा मोदी सहभागी हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही १४ जुलाईमा फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन् ।

समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भागलिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने छन् ।

बस्टाइल डेका अवसरमा पेरिसको स्याँजेलिजे दरबारमा आयोजना हुने फ्लाइपास्टमा भाग लिन तीन वटा विमान पनि पेरिस आउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राफेल लडाकु विमान अन्य फ्रान्सेली विमानसँगै परेडमा उड्नेछन् । यसअघि एङ्ग्लो–फ्रान्सेली जगुआर लडाकु विमान परेडमा सामेल भएका थिए ।

प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबीचको रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवका बेला हुन लागेको हो । भारतले अन्तिम पटक सन् २००९ मा परेडमा भाग लिएको थियो । त्यसबेला प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी भएका थिए ।

यसैबीच, फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति इम्यानुएल म्याक्रोँको निमन्त्रणालाई प्रधानमन्त्री मोदीले स्वीकार गरेका छन् । भारतका प्रधानमन्त्रीको भ्रमणले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्नेलगायत वर्तमान विश्वका चुनौतीको सामना गर्न साझा प्रयास प्रारम्भ गर्न अवसर जुटाउने विश्वास फ्रान्सले गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमणबाट भारत–फ्रान्स रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ एवम् महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गरेर द्विदेशीय रणनीतिक साझेदारी अर्को चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो ।

प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौं घाइते भएका थिए । यी पाँच दोषीमध्ये चार साउदी र एक इजिप्टका नागरिक छन् ।

आधिकारिक साउदी प्रेस एजेन्सीले प्रकाशित गरेको आन्तरिक मन्त्रालयको विज्ञप्तिमा आक्रमण कहिले भएको हो वा पूजास्थललाई कसरी निशाना बनाइएको थियो भन्ने बारेमा केही गरिएको छैन।

मृत्युदण्ड दिने विधिबारे पनि विस्तृत जानकारी दिइएको छैन । तर विगतमा साउदी अरबमा टाउको काटेर मृत्युदण्ड दिइने गरेको घटना सार्वजनिक भइरहेका हुन्थे, जसका कारण यो सामूहिक मृत्युदण्ड पनि सामूहिक रुपमा टाउको काटेर दिइने अनुमान गरिएको छ ।

यससँगै साउदी अरेबियाले यस वर्ष अहिलेसम्म मृत्युदण्डको सजाय पाएको कुल संख्या ६८ पुगेको छ । प्रतिवेदनले आतंकवादसँग सम्बन्धित अपराधका लागि मेको सुरुदेखि २० भन्दा बढी मृत्युदण्ड दिइएको दाबी गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार गत मेको अन्त्यमा आतंकवादको आरोपमा दुई बहराइनीहरूलाई मृत्युदण्ड दिइएको थियो । गत वर्ष साउदी अरेबियाले कुल १४७ जनालाई मृत्युदण्ड दिने घोषणा गरेको थियो । यो २०२१ मा भएको ६९ जनाको दोब्बर संख्या हो ।

मेटाले नयाँ एप ‘थ्रेड’ प्रयोगमा ल्याउने, ट्वीटरसँग प्रतिस्पर्धा गर्ने

फेसबुकका मालिक मार्क जुकरबर्गले नयाँ एपमा काम गरिरहेको जनाएका छन् । जुन प्रोजेक्टले एलोन मस्कको ट्विटरसँग प्रतिस्पर्धा गर्नेछ।

‘थ्रेड’ नाम दिइएको उक्त एप जुलाई ८ मा लन्च हुँदैछ । एप लन्च हुनु अघि एप्पल स्टोरमा देखा परेको छ। आगामी थ्रेडहरू पाठ आधारित कुराकानी एप हुनेछ। ट्विटरमा क्यारेक्टर लिमिट छ, थ्रेडमा पनि त्यस्तै हुनेछ।

एप स्टोरमा उपलब्ध विवरणहरूले दिएको सुझाव अनुसार प्रयोगकर्ताहरूले आफ्नो इन्स्टाग्राम खाता प्रयोग गरेर थ्रेडमा लग इन गर्न सक्षम हुनेछन्।

इन्स्टाग्राममा फलो गर्ने प्रयोगकर्ताहरूले थ्रेडमा पनि फलो गर्न सक्नेछन् । यस बाहेक थ्रेड एपका अन्य विवरणहरू अझै खुलासा गरिएको छैन। मेटाले यस वर्षको जनवरीदेखि प्रोजेक्ट ९२ अन्तर्गत यो एप विकास गरिरहेको थियो ।

एपको विवरणले समुदायहरू एकजुट भएर हालको र प्रचलनमा रहेका विषयहरूमा छलफल गर्न सक्ने बताएको छ ।

पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमण बढ्दै

पाकिस्तानमा शिख समुदायविरुद्ध हिंसात्मक आक्रमणका घटना बढ्दै गएका छन् । पछिल्लो समय पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरमा शिख समुदायका मानिसमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी उनको मृत्यु भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । मारिने व्यक्तिको नाम मनमोहन सिंह रहेको बताइएको छ ।

३४ वर्षे सिंह अटो रिक्सा चढेर घर फर्किने क्रममा उनीमाथि आक्रमण भएको हो । प्रहरीका अनुसार अज्ञात हतियारधारीको समूहले उनीमाथि गोली प्रहार गरेका थिए । उनलाई अस्पताल लगिएको र त्यहीँ उनको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ८ : ०६ बजे

तुलसीपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइते

दाङ– तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु

मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र

चितवन– मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ ।

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम

प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी आर्थिक वर्षको बजेटलाई

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक