प्रधानसेनापति ट्रफी सुरु « Khabarhub

प्रधानसेनापति ट्रफी सुरु


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यस वर्षको प्रधानसेनापति ट्रफी प्रतियोगिता भद्रकालीस्थित जङ्गी अड्डाको खेल मैदानमा आजदेखि सुरु भएको छ । उक्त मैदानमा आयोजित एक समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताको उद्घाटन गरे ।

यही असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सेनाका पृतना, युद्ध मद्दत बाहिनी र विशेष फौज बाहिनीसहित १४ समूहबीच स्पर्धा हुनेछ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले खेलकुदमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने प्रयास भइरहेको बताए । उनले हरेक वर्ष सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय सहासिक ‘रन फर फन’ प्रतियोगिताको तयारी भइरहेको जानकारी दिए ।

उद्घाटन समारोहमा सहभागी पृतना तथा बाहिनीका टिमले मार्चपाष्टका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । सो अवसरमा प्रतियोगिताको मस्कट बाघ पनि प्रदर्शन गरिएको थियो ।

समारोहमा नेपाल र नेपाली सेनाको नाम विश्वसामु परिचित गराउने ओलम्पियन जमदार जीतबहादुर केसी (अवकाश प्राप्त) लाई कदरपत्र प्रदान गरियो ।

प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथलेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुनेछ । नेपाली सेनाले प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने अभिप्रायका साथ २०६५ सालदेखि प्रधानसेनापति ट्रफी सुरु गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : ५४ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले