नेपालमा वैवाहिक पर्यटनको प्रचुर सम्भावना रहेको सरोकारवालाहरुको धारणा « Khabarhub

नेपालमा वैवाहिक पर्यटनको प्रचुर सम्भावना रहेको सरोकारवालाहरुको धारणा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरुले बताएका छन् । नेपालमा पहिलो पटक आयोजना गरिएको इन्डो नेपाल वेडिङ समिट–२०२३ का अवसरमा सरोकारवालाहरुको यस्तो धारणा राखेका हुन् । नेपाल पर्यटन बोर्डको समन्वय, भारतको व्यवसायिक समुह द बुलको डिजाइन र व्यवस्थापन तथा बुल इभेन्टस म्यानेजमेन्ट नेपालको आयोजनामा कार्तिक १७ र १८ गते काठमाडौँमा वेडिङ समिट आयोजना गरिएको थियो ।

विवाहलाई पर्यटनसँग सम्बन्धित उद्योगका रुपमा पुनः परिभाषित गर्ने एवम् नेपाललाई एक प्रमुख विवाह गन्तव्यको रुपमा प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ समिट आयोजना गरिएको समिटमा भारतका शीर्ष ३० भन्दा धेरै वेडिङ विजनेश प्लानरहरुको सहभागिता रहेको थियो ।

समिटका अवसरमा भारतका प्रतिष्ठत वेडिङ विजनेश प्लानरहरु, नेपालका प्रतिष्ठित होटलहरु, विवाह योजनाकारहरू एवम् निजी तथा सरकारी सरोकारवालाहरुको सहभागिता रहको थियो । भारतीय वेडिङ विजनेश प्लानरहरुले काठमाडौँका विभिन्न होटल तथा रिसोर्टहरु अवलोकन गरेका थिए । समिटका अवसरमा बीटुबी बैठक तथा सरोकारवालाहरुसँग समुह छलफल कार्यक्रमहरु आयोजना गरिएको थियो । समिटको पहिलो दिन होटल सोल्टिमा औपचारिक उद्घाटन तथा बीटुबि कार्यक्रम आयोजना गरिएको थियो भने दोश्रो दिन चन्द्रागिरीमा नेपालमा वैवाहिक पर्यटकीय गन्तव्यका अवसर र चुनौती शिर्षकमा प्यानल डिस्कसन र हायात होटलमा समापन आयोजना गरिएको थियो ।

समिटले भविष्यमा विदेशी र खासगरी भारतीय विशिष्ट वैवाहिक समारोहहरु नेपालमा आयोजनामा गर्न नेपाल नीतिगत, भौतिक तथा कानूनी संरचना लगायतका सम्पूर्ण हिसाबले पूर्ण रुपमा तयार भएको सन्देश दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

समूह छलफल कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रुद्रसिङ तामाङले विदेशीबाट नेपालमा आयोजना गरिने विवाहको लागि विभागबाट गर्नुपर्ने सहजीकरणका लागि आफू तयार रहेको बताए । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले भन्सारले सुन तथा अन्य सामाग्री ल्याउन लैजान छुट्टै प्रावधान रहेको जानकारी दिँदै अन्य विषयमा आवश्यक सहजीकरण गर्न सकिने बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालमा विवाह पर्यटनको प्रचुर सम्भावना रहेकोले यससङ सरोकार राख्ने क्षेत्रसङ सहकार्य गरी नेपालमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यस्तो कार्यक्रमलाई वार्षिक कार्यक्रमका रुपमा लिएर जाने सोच रहेको बताए ।

होटल एशोसिएसन नेपाल हानका अध्यक्ष विनायक शाहले नेपालका होटलहरु विभिन्न खालका मेघा इभन्न गर्न सक्षम रहको उल्लेख गर्दै आफुहरु सहकार्यका लागि तयार रहेको जानकारी दिए । यस्तै भारतको एभेन्ट म्यानेजनेन्ट कम्पनी इभेन्ट एण्ड इन्टरटेन्मेन्ट म्यानेजमेन्ट एशोसिएशन कम्पनीका अध्यक्ष समित गर्गले विश्वका विभिन्न देशमा भारतबाट वार्षिक सयौं विवाह समारोह आयोजना हुने गरेको सन्दर्भमा भारतीयका लागि नेपाल उपयुक्त गन्तव्य हुनसक्ने भएकोले आफूहरुले नेपालमा कार्यक्रमको आयोजना गरेको र कार्यक्रमले आफुहरुमा उत्साह बढेको बताए ।

समिटका अवसरमा भारतीयहरुले नेपालमा विवाह गर्न आउँदा हुने प्राविधिक समस्या सुल्झाउन आफ्नो तर्फबाट कुराहरु राखेको र यसले आउने दिनमा थप सहजता थप्ने बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताइन् । समिटमा सहभागी भारतीय वेडिङ प्लानरहरुले नेपालको कला, संस्कृती खानपान तथा तथा दुई देशबीचको आफ्नै मौलिक सम्बन्धका कारण पनि नेपालमा यस्ता कार्यक्रम गर्न सकिने बताउँदै नेपालले पूर्वाधारको विकास तथा भन्सार सहजीकरणमा ध्यान दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : २१ बजे

राजकुमारका सिर्जनामा ‘सहअस्तित्व’को खोजी

काठमाडौं– एकसट्ठिऔँ अन्तरराष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आज

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई- भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू निर्वाचित

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबैलाई मुख्यालय झिकाइयो

काठमाडौँ- कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट