रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको 'एनिमल' | Khabarhub Khabarhub

रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४ सय करोड भारुको आँकडा पार गरेको छ । प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ ।

सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई सय करोडमा प्रवेश गर्ने यो दोस्रो हिन्दी सिनेमा हो ।

विदेशी बजारमा राम्रो व्यापार गर्ने नायकका रुपमा परिचित रणवीरको यस फिल्मले सोमबार पनि उत्साहजनक व्यापार गर्‍यो ।

यस फिल्मले सुरुवाती दुई दिनमा अष्ट्रेलियामा दंगलले बनाएको रेकर्ड तोडेको थियो । अष्ट्रेलियामा दुई दिनमा भारु साढे एक करोडको व्यापार गरेको रेकर्ड तोड्न एनिमलले साढे दुई करोडको व्यापार गरेको थियो ।

त्यस्तै, क्यानाडामा पठानले दुई दिनमा सर्वाधिक साढे १ करोड व्यापार गरेको रेकर्ड पनि तोडेको छ । एनिमलले दुई दिनमा क्यानाडामा दुई करोड ७० लाखभन्दा बढीको व्यापार गरेको छ ।

सोमबार विदेशका कार्यालय खुल्ने साताको पहिलो दिन भएकाले यसको व्यापारमा कमी आउने अनुमान गरिएपनि हलमा दर्शकको बाक्लो उपस्थिति रहेको भारतीय मिडियाहरुको दाबी छ । एनिमलले छिटो ५ सय करोड क्लबमा प्रवेश गर्ने फिल्म बन्ने धेरैको आँकलन छ ।

यसअघि सबैभन्दा कम १३ दिनमा शाहरुख खानको जवानले ५०० करोड क्लबमा प्रवेश गरेको थियो । यो फिल्म गत सेप्टेम्बरमा प्रदर्शन भएको हो ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका