दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि « Khabarhub

दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालगञ्ज हुने दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार पश्चिम नेपालको पर्यटनको प्रचारप्रसारका लागि सबैभन्दा महत्वपूर्ण मानिने यो मार्टमा यसपटक भारतका ७५ जना टूर अपरेटर आउँदैछन् । ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)बाट ७५ जना टूर अपरेटर नेपाल आउने निश्चित भएको अध्यक्ष सिग्देलले बताए ।

उनीहरु मार्टमा आएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा र्‍याफ्टिङ गर्दै रारा पनि जाने सम्भावना छ । यसका लागि प्रयास भइरहेको सिग्देलले बताए । भारतीय टूर अपरेटरलाई बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्य घुमाइनेछ ।

उनीहरुका कारण नेपालमा भारतीय पर्यटक आउने भएकाले यसपटक सबैसँग सहकार्य गरेर भारतीय टूर अपरेटरलाई महत्वपूर्ण गन्तव्यमा लैजाने प्रयास हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटन व्यवसायीको मुख्य सहभागिता रहने मार्टमा काठमाडौँसहित सातै प्रदेशका पर्यटन व्यवसायी भेला हुनेछन् ।

कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य थलोका रुपमा परिचित मार्टमा यसपटक स्थानीय संस्कृति, टूर प्याकेज र कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा पनि पर्यटक आकर्षण गर्ने मुख्य उद्धेश्य छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ५० बजे

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा