राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त « Khabarhub

राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोन्टी देशाईलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रशिक्षक देशाईले आगामी दिनमा नेपाली राष्ट्रिय क्रिकेट टीमले राम्रो गर्ने बताए ।

उनले प्रशिक्षणमा क्रममा खेलाडीहरुले राम्रो क्षमता देखाएको उल्लेख गरे । आफ्नो अहिलेको योजना १२ वटा एकदिवसीय खेल खेल्ने र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै केन्द्रित रहेको उनको भनाइ छ ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले १० दिनअघिदेखि प्रशिक्षण सुरु गरेपनि केही प्रक्रिया सक्न ढिलाइ भएकाले सार्वजनिक गराउन ढिलो भएको बताए ।

उनले राष्ट्रिय क्रिकेटको भविष्यलाई हेरेरै देशाईलाई मुख्य प्रशिक्षक बनाएर ल्याएको धारणा राखे । उनले सन्दीप लामिछाने सम्पूर्ण कानूनी र व्यावसायिक प्रक्रिया पूरा भएपछि मात्रै बन्द प्रशिक्षणमा आएको बताए ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) र खेलकुद मन्त्रालयले स्वीकृति दिएपछि क्यानले देशाईलाई सार्वजनिक गरेको हो । क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो ।

मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ११ बजे

न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रविको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- सहकारी ठगी प्रकरणमा जेल जीवन बिताइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

विभेद्विरुद्ध जाग्दै मधेशका महिला

महोत्तरी– सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेदमा परेका मधेशको

मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद

काठमाडौं– मोरङको रंगेली नगरपालिका-८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय

नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही– विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली

मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

विराटनगर– कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण