टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, मृतकको सङ्ख्या १४ सय नाघ्यो « Khabarhub

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, मृतकको सङ्ख्या १४ सय नाघ्यो


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय नाघेको छ । भूकम्पका कारण टर्कीमा ९ सय जनाभन्दा धेरै र सिरियामा ५५० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । भूकम्पका कारण सयौँ घाइते भएको र अरु धेरै जना बेपत्ता भएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पले आफ्नो मुलुकमा ५ हजार ३ सय ८३ जना घाइते भएको र २ हजार ८ सय १८ भवन भत्केको जानकारी दिएका छन् ।

सो क्षेत्रमा सोमबार बिहान झिसमिसेमै ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसपछि सोमबार अपराह्न ७ दशमलब ७ रेक्टरको अर्को भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

भूकम्पको दोस्रो धक्काले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ ।

भूकम्पको धक्का टर्की र सिरियासहित साइप्रस र लेबनानसम्म महसुस गरिएको रोयटर्सले जनाएको छ । भूकम्पले मध्य टर्की र उत्तर पश्चिम सिरियालाई नराम्ररी प्रभावित बनाएको जनाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीर र भिडियोमा भूकम्पका कारण आवासीय भवन र अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको देख्न सकिन्छ । भूकम्पपछि उद्धार तथा राहतका लागि उद्धारकर्मी परिचालन गरिएको छ ।

भूकम्पले ११ वर्ष लामो गृहयुद्ध भोगिरहेको सिरियामा ठूलो क्षति निम्त्याएको बताइएको छ । सिरियाली स्वास्थ्य मन्त्रालयले भूकम्पका कारण १ हजार ४२ जना घाइते भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : ०५ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान