अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ घाइते « Khabarhub

अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ घाइते


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राज्य अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । लुजियानास्थित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् ।

लुलियानको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटनामा परेका हुन् ।

श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मेलामा कम्तीमा १० जनामाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।

घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले घटनास्थलबाट धेरै टाढा गाडी पार्किङ गर्नुपरेको थियो ।

त्यसपछि प्रहरी र आपतकालीन स्वास्थ्य सेवाका कर्मचारी घटनास्थलमा पुगेका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १० : ०१ बजे

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव