अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ घाइते « Khabarhub

अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ घाइते


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– संयुक्त राज्य अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु भएको छ । लुजियानास्थित एक ब्लक पार्टीमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् ।

लुलियानको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन भेला भएका मानिसहरु उक्त घटनामा परेका हुन् ।

श्रेभपोर्ट प्रहरीका प्रवक्ता सर्जेन्ट एन्जी विल्हाइटले मेलामा कम्तीमा १० जनामाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

प्रहरीले मृतकको नाम भने खुलाएको छैन र घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।

घटनास्थलमा सवारीसाधनको भीड भएकाले घटनास्थलसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । यस्तो अवस्थामा प्रहरीले घटनास्थलबाट धेरै टाढा गाडी पार्किङ गर्नुपरेको थियो ।

त्यसपछि प्रहरी र आपतकालीन स्वास्थ्य सेवाका कर्मचारी घटनास्थलमा पुगेका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  १० : ०१ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड