‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’ | Khabarhub Khabarhub

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बझाङ – केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ ।

महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौ । अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि ग¥यौँ । निकै सहज भएको छ”, उनले भने । उनीलाई मात्रै होइन । शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ । विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताए ।

“किशोरी सुरूमा सेनेटरी प्याड माग्नका लागि शिक्षिकाको बाटो कुर्थे,” उनले भने, “अहिले किशोरीले यो विषयमा धेरै नै ज्ञान लिइसकेका छन् । सूचना केन्द्रमा गएर विभिन्न किशोरीसम्बन्धी कुरा सिक्ने र आवश्यकताअनुसार सेनेटरी प्याड लिने गर्छन् ।” विद्यालयका प्रधानाध्यापक गगनबहादुर विष्टका अनुसार एकीकृत विकास समाज नेपालले विगत चार वर्षदेखि मासिक रूपमा वितरण गर्ने गरेको किशोरमैत्री सामग्रीबाट छात्रालाई सहयोग पुगेको छ । “यौन शिक्षा, किशोरी शिक्षा, बाहिरी शिक्षाबारे छात्रा धेरै जान्ने भएका छन्, प्रधानाध्यापक विष्टले भने, “पहिले महिनाबारीको समयमा विद्यालयमा नै नआउने किशोरी अहिले नियमित भएका छन् । विद्यार्थी एक आपसमा मात्रै नभई अरूसँग पनि खुलेर कुरा गर्नसक्ने भएका छन् ।”

शिक्षादयमा अहिले छात्रा र छात्रा बराबरीको सङ्ख्यामा छन् । त्योमध्येका पनि किशोरावस्थाका छात्रा सय जनाभन्दा बढी छन् । “पहिले सात कक्षा माथिका किशोरी हरेक दिन १०-१२ अनुपस्थित हुन्थे”, उनले भने, “विद्यालय नआएपछि महिनाबारी भएको हुनसक्ने अनुमान गथ्र्यौ । आजभोलि भने सबै किशोरीहरू नियमित भएका छन् ।”

जिल्लामा एकीकृत विकास समाज नेपाल (आइडीएस) ले शिक्षादयमा मात्रै नभई जिल्लाका चार सय ४८ विद्यालयमै सरसफाइसम्बन्धी काम गरिरहेको छ । धारा बनाउने, शौचालय निर्माण गर्ने, मर्मत गर्ने, सूचना केन्द्र स्थापना गर्नेलगायत काम गरिरहेको समाजका जिल्ला संयोजक सुरेन्द्र जैरूले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : १४ बजे

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी– दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ।

मनसुनको प्रभाव कायमै, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार सन्

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौं – विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र