‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’ « Khabarhub

‘सेनेटरी प्याड लिन अप्ठ्यारो हुँदैन’


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बझाङ – केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ ।

महिनाबारी भएको बेलामा विद्यालयमा नजाने उहाँ अहिले नियमित विद्यालयमा जान थाल्नुभएको छ । “सेनेटरी प्याडको बारेमा केही जानकारी थिएन, च्यातिएको कपडा प्रयोग गथ्र्यौ । अहिले ज्ञान पनि लियौँ, प्रयोग पनि ग¥यौँ । निकै सहज भएको छ”, उनले भने । उनीलाई मात्रै होइन । शिक्षादयमा अध्ययनरत अन्य किशोरीलाई सूचना केन्द्र स्थापना भएपछि धेरै फाइदा भएको छ । विद्यालयमा किशोरीमैत्री सूचना केन्द्र स्थापनापछि रावलजस्तै अन्य किशोरी विद्यालयमा सधैँ उपस्थित हुने गरेको शिक्षादय माविका स्वास्थ्य शिक्षक शैलेन्द्रबहादुर सिंहले बताए ।

“किशोरी सुरूमा सेनेटरी प्याड माग्नका लागि शिक्षिकाको बाटो कुर्थे,” उनले भने, “अहिले किशोरीले यो विषयमा धेरै नै ज्ञान लिइसकेका छन् । सूचना केन्द्रमा गएर विभिन्न किशोरीसम्बन्धी कुरा सिक्ने र आवश्यकताअनुसार सेनेटरी प्याड लिने गर्छन् ।” विद्यालयका प्रधानाध्यापक गगनबहादुर विष्टका अनुसार एकीकृत विकास समाज नेपालले विगत चार वर्षदेखि मासिक रूपमा वितरण गर्ने गरेको किशोरमैत्री सामग्रीबाट छात्रालाई सहयोग पुगेको छ । “यौन शिक्षा, किशोरी शिक्षा, बाहिरी शिक्षाबारे छात्रा धेरै जान्ने भएका छन्, प्रधानाध्यापक विष्टले भने, “पहिले महिनाबारीको समयमा विद्यालयमा नै नआउने किशोरी अहिले नियमित भएका छन् । विद्यार्थी एक आपसमा मात्रै नभई अरूसँग पनि खुलेर कुरा गर्नसक्ने भएका छन् ।”

शिक्षादयमा अहिले छात्रा र छात्रा बराबरीको सङ्ख्यामा छन् । त्योमध्येका पनि किशोरावस्थाका छात्रा सय जनाभन्दा बढी छन् । “पहिले सात कक्षा माथिका किशोरी हरेक दिन १०-१२ अनुपस्थित हुन्थे”, उनले भने, “विद्यालय नआएपछि महिनाबारी भएको हुनसक्ने अनुमान गथ्र्यौ । आजभोलि भने सबै किशोरीहरू नियमित भएका छन् ।”

जिल्लामा एकीकृत विकास समाज नेपाल (आइडीएस) ले शिक्षादयमा मात्रै नभई जिल्लाका चार सय ४८ विद्यालयमै सरसफाइसम्बन्धी काम गरिरहेको छ । धारा बनाउने, शौचालय निर्माण गर्ने, मर्मत गर्ने, सूचना केन्द्र स्थापना गर्नेलगायत काम गरिरहेको समाजका जिल्ला संयोजक सुरेन्द्र जैरूले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ९ : १४ बजे

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी