लमजुङमा मौरीपालन क्षमता अभिवृद्धि तालिम सुरू « Khabarhub

लमजुङमा मौरीपालन क्षमता अभिवृद्धि तालिम सुरू


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईको आयोजनामा मौरीपालसम्बन्धी क्षमता अभिवृद्धि तालिम सुरू भएको छ ।

सदरमुकाम बेंसीसहरमा शुक्रबारदेखि सुरू भएको तालिममा जिल्लाका मौरी जाेन कमान्ड क्षेत्रका मौरीपालक कृषक तथा स्रोत केन्द्रहरूमा कार्यरत व्यक्तिहरूको सहभागिता छ ।

मौरी जाेन कमान्ड क्षेत्रभित्र पर्ने बेँसीसहर, सुन्दरबजार, मध्यनेपाल, दाेर्दी, दुधपाेखरी र क्व्हाेँलासाेंथर गाउँपालिकाका गरी ३० जना सहभागी छन् ।

सहभागीलाई कार्यालय प्रमुख अजय अधिकारी, पूर्वकार्यालय प्रमुख दीपक अधिकारी, कृषि अधिकृत हरि मिजार, जाेन सञ्चालक समितिका संयोजक केशबहादुर गुरूङ, सचिव वेनबहादुर गुरूङ, मौरी उद्यमी मीनबहादुर गुरूङ, परियाेजनाका नायव प्राविधिक सहायक बुद्धिलाल आलेले प्रशिक्षण दिएका छन् ।

तालिममा सहभागीलाई प्रयोगात्मक सिकाईसहित मौरी पालनमा आवश्यक सामाग्री पनि वितरण गरिने कृषि अधिकृत हरि मिजारले बताए ।

तालिमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरूङले मौरी पालनलाई व्यावसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न किसानहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ३८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका