बारामा लाखौँ सापटी लिएर एक महिला फरार « Khabarhub

बारामा लाखौँ सापटी लिएर एक महिला फरार


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाराको निजगढ नगरपालिका–९ की एक महिला लाखौँ रुपैयाँ ठगेर फरार भएकी छिन् । निजगढ नगरपालिका–८ मा निक इम्पोरियम फ्यान्सी पसल सञ्चालन गर्दै आइरहेकी निलु नामले परिचित मनिला गौतम फरार भएकी हुन् ।

३३ वर्षीया गौतमले दर्जनौँ महिलासँग थप ट्रिपर खरिद गरी व्यवसाय सञ्चालन गर्ने तथा श्रीमानलाई विदेश पठाउनका लागि भन्दै लाखौँ रुपैयाँ सापटी लिएर फरार भएकी हुन् ।

उनले व्यावसाय सञ्चालन गर्ने भन्दै विभिन्न समयमा आफूसँग लाखौँ रुपैयाँ मागेको निजगढ ९ बस्ने रंजिता कुमारी श्रेष्ठले गुनासो गरिन् । उनका अनुसार केही समय पहिले मात्र नयाँ ट्रिपर खरिद गर्ने रकम अपुग भएको भन्दै गौतमले श्रेष्ठसँग पैसा सापटी लिएकी थिइन् ।

यस्तै, गौतमले अन्य कयौं महिलाहरुलाई समेत आकर्षक ब्याज दिने प्रलोभन देखाएर लाखौँ रकम असुल गरी फरार भएको पिडितको भनाइ छ । गौतमले छिमेकी तथा आफन्तसँग विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिएको बताइएको छ । अधिकांशले कागज नगरी उनलाई रकम दिएका छन् ।

गौतमले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने, थप टिफर खरिद गरि व्यवसाय सञ्चालन गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित रंजिता कुमारी श्रेष्ठले भनिन् ।

जिल्ला प्रहरी कार्यालय बारामा गौतमविरुद्ध जाहेरीसमेत परेको छ भने फरार रहेकी गौतमको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ५८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय