विश्व शान्तिको कामनासहित हलेसीमा दीप प्रज्वलन « Khabarhub

विश्व शान्तिको कामनासहित हलेसीमा दीप प्रज्वलन


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

खोटाङ – विश्व शान्तिको कामना गर्दै त्रिधार्मिकस्थल खोटाङको हलेसीमा दीप प्रज्वलन गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा आइतबार १०८ वटा दीप तथा दुई लाख २१ हजार बत्ती बालेर विश्व शान्तिको कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।

हलेसीलाई भारतलगायत विश्वभर चिनाउने र धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको होटल व्यवसायी एवं नेपाल दशनामी समाजका निवर्तमान केन्द्रीय अध्यक्ष रुद्र गिरीले बताए । हलेसीको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने लक्ष्यका साथ हलेसी विकास समिति, हलेसी मन्दिर व्यवस्थापन समिति, होटल व्यवसायी सङ्घ हलेसी, बजार व्यवस्थापन समिति, वडा कार्यालय महादेवस्थान र नेपाल दशनामी समाज खोटाङको संयुक्त आयोजनामा बृहत् दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम महिला शङ्कराचार्य हेमानन्द गिरीले हलेसी धार्मिक आस्थाको अलौकिक थलो भएको बताए। “मैले १३ वर्षको उमेरमा पहिलो पटक हलेसी दर्शन गरेकी थिएँ । त्यो बेला मलाई वर थाप्नेक्रममा दूध हातमा परेको थियो । हलेसीकै वरदानस्वरूप अहिले म प्रथम महिला शङ्कराचार्य बनेकी हुँ”, उनले भने, “त्रिधार्मिकस्थल हलेसीको प्रचारप्रसार र प्रवर्द्धन गर्न ३५ वर्षपछि पुनः हलेसी आएकी छु । मेरो क्षेत्रबाट देश तथा विदेशमा हुने हरेक कार्यक्रममा हलेसीको प्रचारप्रसार र प्रवर्द्धनको काम हुनेछ ।”

कार्यक्रममा विश्व हिन्दू महासङ्घका अध्यक्ष एवं भारतका पूर्व शिक्षामन्त्री अजय सिंहले हलेसीको प्रवर्द्धनका लागि आफ्नो अफिसियल पेजमा हलेसीको बारेमा जानकारी राख्ने बताए । “हाम्रो विश्व हिन्दू महासङ्घ ४५ देशमा विस्तार भएको छ । हरेक देशमा हुने कार्यक्रममा हलेसीको प्रवर्द्धनका काम गर्छु”, उनले भने, “हलेसीको प्रवर्द्धनकै लागि विश्व हिन्दू महासङ्घको एउटा बैठक हलेसीमा राख्ने योजना बनाएका छौँ । यसले प्रवर्द्धनमा थप सहयोग पुग्नेछ ।”

कार्यक्रममा सहभागी शङ्कराचार्यको टोलीलाई विभिन्न सङ्घ संस्था तथा व्यक्तिले स्वागत गरेका थिए । हलेसी मन्दिरको प्राङ्गणमा आयोजित दीप प्रज्वलन कार्यक्रममा तीनवटै धर्मावलम्बीका साँस्कृतिक अभियन्ता तथा कलाकारहरूले आ–आफ्नो जातजातिको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरेका थिए ।

नेपालको प्रथम महिला शङ्कराचार्यको उपस्थितिमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रमले हलेसीको प्रवर्द्धनमा थप टेवा पुगेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १० : १७ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी