कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन « Khabarhub

कोशी प्रदेश सरकारद्वारा वार्ता टोली गठन


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।

कोशी प्रदेश नाम भएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गर्दै आएका थिए 

विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा पनि  वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो । 

प्रदेश सरकारले आज पहिचानवादीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो । 

उक्त टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ४ : ३६ बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच