अमेरिकाको टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु « Khabarhub

अमेरिकाको टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ।

मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे सो घटना भएको थियो। सो घटनामा परी कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।

सो घटनाको मुख्य दोषी मानिएका चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । तर, यसअघि अमेरिकी सञ्चारमाध्यमले भने प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो।

नजिकैका एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले भने कि सिसिटिभी फुटेजमा एउटा एसयूभी रातो बत्ती बाल्दै दौडिरहेको र तीव्र गतिमा बस स्टपतर्फ गएको देखिन्छ । त्यसपछि गाडीले कर्बमा ठक्कर दियो र आफ्नो बाटोमा उभिरहेकाहरूलाई ठक्कर दिँदै सो कार अघि बढ्यो

सो घटनाका प्रत्यक्षदर्शी माल्डोनाडोले भने कि घटना हुनुभन्दा करिब आधा घण्टा अघि देखी करिब २० जनाको समूह बस स्टपमा गाडी पर्खेर बसिरहेका थिए । उनका अनुसार यसरी सार्वजनिक यातायात पर्खेर बस्नेहरुमा अधिकांश भेनेजुएलाका पुरुषहरू थिए।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : २८ बजे

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६