रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भाउमा आईपीओ खुला « Khabarhub

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भाउमा आईपीओ खुला


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिलायबल नेपाल लाइफ  इन्स्योरेन्सले मंगलबारबाट सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गरेको छ । इन्स्योरेन्सले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।

यसले प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा ल्याएको हो । यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला भइसकेको छ।

त्यस्तै, ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० असार ४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ११ : ०८ बजे

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै