म्याग्दीका मुख्य सडक अवरुद्ध « Khabarhub

म्याग्दीका मुख्य सडक अवरुद्ध


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । गए रातिदेखिको अविरल बर्सातका कारण सदरमुकाम बेनीदेखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामीण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगङ्गा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–२ नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको बताए । बेनी–जोमसोम र बेनी—दरवाङ म्याग्दीका प्रमुख सडक हुन् ।

बैसरीमा आइतबारदेखि बन्द भएको म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक मङ्गलबार साँझसम्म पनि खुलेको छैन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरीसँगै पहिरो खस्न नरोकिएकाले सवारी आवतजावत खुलाउन नसकिएको बताए ।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ जाने आउने तीर्थयात्री, पर्यटक र स्थानीयवासी मर्कामा परेका छन् । ढुवानी र निकासी ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोका कारण धौलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि मङ्गलबार बिहानदेखि बन्द छ ।

सोमबार राति खसेको पहिरो बिहान पन्छाएर सवारी आवतजावत खुलाएपछि दिउँसो पुनः पहिरो खसेर अवरुद्ध बनेको बेनी नगरपालिका–४ का वडासदस्य प्रेम श्रीसले बताए । काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रु पैदलयात्रा गर्न बाध्य भएका छन् । पानी पर्न रोकिने बित्तिकै फापरखेतको पहिरो पन्छाउन पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर तयारी अवस्थामा राखेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : २१ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।