इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण « Khabarhub

इजरायलमा रहेका नेपालीको उद्धार गर्न सरकारलाई राप्रपा नेपालको ध्यानाकर्षण


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न राप्रपा नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले इजरायलमा आतंककारी समूह हमासले गरेको आक्रमणको  भत्सर्ना गर्दै त्यहाँ रहेका नेपालीको ध्यानाकर्षण गराएको हो।

‘आतंककारी हमासको आक्रमणमा परि निधन भएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछौँ। इजरायलमा रहेका नेपालीहरूको सुरक्षा र आवश्यक परे उद्धारको निम्ति राप्रपा नेपाल सरकारको ध्यानाकर्षित गर्दछ। साथै, केही नेपालीहरू हमासको कब्जामा परेको समाचार बारे सत्य तथ्य छानविन गरी सार्वजनिक जानकारी गराउन समेत राप्रपा नेपाल सरकारसँग माग गर्दछु राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै भनेको छ।

यस्तै नेपालगञ्जमा चेतन मानन्धरको हत्यामा संलग्न रहेका रिगल भनिने योगराज ढकाललाई उन्मुक्ति  दिने सरकार र राष्ट्रपतिको निणर्यको राप्रपा नेपाल भत्सर्ना गर्दै चेतन मानन्धरकी पत्नी भारती मानन्धरलाई न्याय दिन माग गरेको छ।

संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा हिन्दुराष्ट्र राजसंस्थाको पुनस्थापनाको निम्ति आन्दोलनको तयारीलाई सशक्त ढंगबाट अघि बढाउने बैठकले  निर्णय गरेको छ। यसैक्रममा आगामी असोज २७ गते ललितपुरमा र असोज २९ गते सुनसरीमा विरोधसभाको आयोजना गर्ने  निर्णय राप्रपा नेपालको छ।

असोज, कार्तिक र मंसिरमा विभिन्न जिल्लाहरूमा जनप्रदर्शन गर्ने तथा पौष र माघमा मेची महाकाली यात्रा आयोजना गर्ने  निर्णय उक्त पार्टीको छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : २६ बजे

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ