दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२२ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने, त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ, पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन, रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण, काठमाडौं महानगरमा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकलगायतका समाचारले प्रमुख स्थान पाए ।

एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिदबिक्रीबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बैठकमा डाक्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले एनसेलका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । बैठकमा समिति सदस्यहरुले एनसेलका विषयमा प्रधानमन्त्रीसँगै जानकारी लिनुपर्ने धारणा राखेका थिए । सांसदहरुले प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भनेपछि समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाउन पत्राचार गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

एनसेल सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन तथा छानबिन समितिले काम थाल्यो

एनसेलको सेयर खरिदबिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम थालेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सेयर खरिदबिक्रीको निर्णय सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी दिइन् ।

एनसेल सेयर खरिदबिक्री प्रकरण : सांसद अमरेशकुमार सिंहले सर्वोच्चमा हाले रिट

एनसेलको शंकास्पद सेयर खरिदबिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सिंहले शुक्रबार एनसेलको सेयर खरिदबिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरिएको छ । रिटको प्रारम्भिक सुनुवाइका लागि आइतबार पेशी तोकिएको छ ।

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

सरकारले विमानस्थलबाट हुने सुन तस्करी निस्तेज पारेको दाबी गरिरहँदा बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन फेला परेको छ । सुनसहित दुई व्यक्तिसमेत समातिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याउन लागिएको झन्डै १४ किलो सुन भन्सार कार्यालयका कर्मचारीहरूले बरामद गरेका हुन्।

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन

संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतीले अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

नेपालविरुद्ध समितिमा एक उजुरी परेको थियो भने समितिले शुक्रबार नै उजुरीकर्तासँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइपछि समितिले सर्वसम्मत रुपमा पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

विपिन जोशीलाई छुटाउन सरकारले संवाद गरिरहेको छ : मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि सरकारले संवाद गरिरहेको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री साउदले आफूले शुक्रबार नै इजरायलमा टेलिफोन गरी विपिन जोशीको पछिल्लो अवस्थाबारे जानकारी लिएको बताएका हुन् ।

रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टीले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाई नेपाल फर्काउन र बन्धक बनाइएकाको सकुशल रिहाइ गर्न सरकारको ध्यानार्कषण गराएको छ ।

रास्वपाका सांसदहरुले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास) को नियन्त्रणमा रहेका कञ्चनपुरका बिपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेका छन् ।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिलालाई जिताउनुपर्छ : उपसभामुख राना

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउन जरुरी भएको बताएकी छिन् ।

कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी (एबीसी) नेपाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘हिंसापछिको जीवन अनुभव आदानप्रसाद कार्यक्रम’ मा उपसभामुख रानाले महिलालाई संविधानले व्यवस्था गरेको कोटामा महिलाले नै प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो । प्राधिकरणले यसअवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

भूकम्प पीडितले २५ लाखसम्म सस्तो ब्याजमा घर कर्जा पाउने

जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुमा प्राप्त गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो । यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो ।

उक्त समीक्षामा विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरूको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ ।

दिनभर एनसेलको सेयर खरिदबिक्री प्रकरण : संसदीय समितिले प्रधानमन्त्री प्रचण्डलाई डाक्ने, त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ, पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन, रास्वपाद्वारा रुसी सेनामा रहेका नेपालीको विवरण पत्ता लगाउन सरकारको ध्यानाकर्षण, लगायतका समाचारले प्रमुख स्थान पाए ।

काठमाडौं महानगरमा प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध गरेको छ।

वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिकाले आगामी चाडपर्वका लागि प्लास्टिकको क्रिसमस ट्रीको प्रयोगमा रोक लगाएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार