राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने « Khabarhub

राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका मतदाताले आफ्नो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र देखाउनुपर्ने जनाएको छ।

राष्ट्रपति निर्वाचनमा मतदाताहरूले मतदान गर्न मतदान स्थलमा जान आयोगले स्पष्ट रूपमा कानुनी व्यवस्था गरेको भन्दै ५ वटामध्ये एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो।

जसअनुसार आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नुअघि देखाउनु पर्नेछ।

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदान स्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

नयाँ राष्ट्रपतिका लागि ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ३८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण