पर्यटन सद्भावनादूतको नियुक्ति खारेज « Khabarhub

पर्यटन सद्भावनादूतको नियुक्ति खारेज


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावनादूतको नियुक्ति खारेज गरिएको हो ।

पर्यटनमन्त्री सुदन किरातीका अनुसार ‘पर्यटन प्रर्वद्धकसम्बन्धी कार्यविधि २०७९’ स्वीकृति गर्दै प्रक्रिया पूरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी बहाल रहेका सबै सद्भावनादूत खारेज गरिएको छ ।

कार्यविधि नबन्दै यसअघि विभिन्न मुलुकका लागि पर्यटन सद्भावनादूत तोकिएको थियो । अवैतनिक सद्भावना दूतहरुको रुपमा हुने भएकाले विभिन्न लाभ र स्वार्थबाट प्रेरित नभई पारदर्शी ढङ्गले भूमिका निर्वाह होस् भन्ने हेतुले व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयले ‘सद्भावनादूत’ भन्ने स्थानमा ‘पर्यटन प्रर्वद्धक’ भन्ने शब्द राख्ने गरी कार्यविधि बनाएको हो । यसैगरी, नेपालगञ्जबाट भारतका विभिन्न सहरमा उडान पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्ने निर्णय भएको मन्त्रालयले उल्लेख गरेको छ । 

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ४४ बजे

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार