दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिनभर आज कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूबाट शपथ, एकीकृत समाजवादीको बहिष्कार, नक्कली भूटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै, ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ, प्रतिनिधिसभाको बैठक भोलि ३ बजे बस्ने, प्रधानमन्त्री प्रचण्डका कारण संसद चल्न नसकेको एमाले अध्यक्ष ओलीको आरोप, नेप्से परिसूचक दोहोरो अङ्कले उकालोलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरूबाट शपथ, एकीकृत समाजवादीको बहिष्कार

कोशी प्रदेशका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रीमा नियुक्त गरेका जीवन आचार्य, राजेन्द्र कार्की र  रामकुमार खत्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आचार्य र कार्की माओवादीबाट र खत्री कांग्रेसबाट मन्त्री बनेका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिए पनि कार्की र खत्रीको मन्त्रालय तोकिएको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आचार्य प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाईँ हुन् ।

यसैबीच, सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीहरूको शपथग्रहण कार्यक्रम बहिष्कार गरेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माकै

नक्कली भूटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ ।

प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भूटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको  जनाएको हो ।

वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो  कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

घिमिरेमाथि सरकारी जग्गा संरक्षणमा पहल नगरेको आरोप लगाइएको छ । यस्तै अर्याल भने त्यसबेला जग्गा नापजाँचमा खटिएको जनाइएको छ ।

प्रतिनिधिसभाको बैठक भोलि ३ बजे बस्ने

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश सोमबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

सहज रुपमा संसद चल्नुपर्छ, प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद सहज रुपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएको भन्दै यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भएपनि तत्कालका लागि प्रधानमन्त्रीलाइ जवाफ दिनका लागि सदन चलाउनुपर्ने बताए ।

रास्वपालाई कुनै अमुक दलको पछि लाग्यो भन्ने आरोप लागेको भन्दै उनले सवै प्रतिपक्षी दल एउटै नभएको र रास्वपाको पनि आफ्नो छुट्टै एजेण्डा रहेको तर्क गरे ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा तारेख पर्चाको तस्वीरसहित पोस्ट गर्दै मेयर बालेनले आज आफ्ना लागि विशेष दिन रहेको उल्लेख गरेका छन् । उनले फेसबुकमा भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा भएपनि भारतले प्रधानमन्त्री बनाउँछ भन्दा प्रधानमन्त्री (प्रचण्ड) ले छुट पाएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डका कारण संसद चल्न सकेन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संसद बन्द भएको आरोप लगाएका छन् ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।

मिटरब्याजीको आरोपमा सर्वसाधारणलाई पक्राउ गरेको आरोप

मिटरब्याजीमा संलग्न नै नभएको व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेर दुःख दिएको घटना सार्वजनिक भएको छ । बाराकाे महागढीमाई नगरपालिका-१०, गन्जभवानीपुरका एक सर्वसाधारणलाई प्रहरीले पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।

पीडितका बुबा मोतीलालप्रसाद गुप्ताले दिएको जानकारीअनुसार छोरी निशाकुमारीसँग महागढीमाई नगरपालिका-१० गन्जभवानीपुर बस्ने रामाधार साह कानुले ६ लाख रुपैयाँको कपाली तमसुक गरेर रकम लिएका थिए ।

‘अहिले कानुनले निशालाई मिटरब्याजी भनेर उजुरी दिएका छन्,’ । उनले भने, ‘तर प्रहरीले संलग्न नै नभएको घटनामा छोरा निरजलाई पक्राउ गरेको छ ।’

प्रधानमन्त्री प्रचण्डले माफी मागेमात्रै सदन खुल्छ : एमाले सचेतक गिरी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन् ।

आइतबार अपरान्ह संघीय संसद भवन परिसरमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा माफी मागेमात्र सदन खुल्ने बताए ।

प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्ष ननिस्केको दाबी गरे । प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई कमजोर पार्नेगरी अभिव्यक्ति दिएकाले उक्त विषय अहिले नटुङ्गिएको बताए ।

सर्वोच्चको निर्णय कोशी सरकारले स्वीकार गर्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सर्वोच्च अदालतको निर्णय सरकारले स्वीकार गर्ने बताएका छन् । कोशी प्रदेशको मन्त्रिमण्डल विस्तारपश्चात् सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा एमालेले प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा दायर गरेको मुद्दामा अदालतबाट आउने जुनसुकै निर्णयलाई स्वीकार गर्ने प्रष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशमा साउन १ गतेदेखि लागू गर्नुपर्ने बजेटको अवस्थालाई हेरर मन्त्रिमण्डल विस्तार गर्न हतारिएको बताए । प्रदेशको बजेटसम्बन्धी सम्पूर्ण कार्य अर्थसँग जोडिएकाले आर्थिक मामिलामन्त्री नियुक्ति गरेको बताउँदै उनले अर्थसँग जोडिएका कार्यलाई निकास दिनु सरकारको महत्वपूर्ण कार्य भएको धारणा राखे ।

चोरी गरेको आरोपमा वडाध्यक्ष पक्राउ

सुर्खेत वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट चोरी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाकाको आरोपमा वडाध्यक्षलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरिएको बताए ।

नेप्से परिसूचक दोहोरो अङ्कले उकालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : ५९ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ