प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग « Khabarhub

प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारसँग माग गरेका छन् ।

उनीहरूले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अजुननरसिंह केसीले हमासको आक्रमणबाट ज्यान गुमाएका १० जना नेपालीको शवलाई तुरुन्त नेपाल ल्याउन माग गर्दै घाइतेको तत्काल उपचार गर्न सरकारको ध्यानाकर्षण गराए।

‘इजरायलमा कति नेपाली छन ?, कुन अवस्थामा छन् ? सरकारले संसद्मा वास्तविक विवरण सार्वजनिक गर्नुपर्छ’, उनले भने। नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए।

नेकपा (माओवादी केन्द्र)का सांसद जर्नादन शर्माले तत्काल कूटनीतिक प्रयास गरी शव ल्याउने व्यवस्था गर्न, बेपत्ताको खोजी, घाइतेको उपचार र नेपाल आउन चाहनेलाई स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराए  ।

नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले पनि इजरायलबाट घर आउन चाहने नेपालीलाई तत्काल उद्धार गर्न र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी, सांसद चित्रबहादुर केसीले इजरायलमा उद्धारको प्रतीक्षामा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सरकारसँग माग गरेका छन् । सांसदहरू अन्जनी श्रेष्ठ, अनिसा नेपाली, अब्दुल खाण, अमनलाल मोदी, अमरबहादुर रायमाझी, अमृतलाल राजवंशी, असिम साह, ईश्वरी घर्ती, उर्मिला माझी, किरणकुमार साह, गीता बस्नेतले इजरायलमा तीन दिनदेखि उद्धारको प्रतीक्षामा बसेका नेपालीको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ३२ बजे

अल्झन, आरोप प्रत्यारोपबीच सिरियाको सङ्क्रमणकालको एक वर्ष पूरा

जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल