‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’ « Khabarhub

‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मधेसी नागरिक समाजले किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने माग गरेको छ । समाजले मधेस किसानका लागि उर्बर भूमि भए पनि किसानलाई मलको अभाव तथा बीउबिजनको उपलब्धता दिनानुदिन कठिन हुँदा किसानले सास्ती भोग्नुपरेको भन्दै उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

समाजले आज विज्ञप्ति जारी गरी अहिले नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रम दिनप्रति दिन झनझन बढ्दै गएको भन्दै देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ ।

“बेरोजगारी समस्याले सीमा नाघिसकेको छ, अहिले देशमा सबैभन्दा बढी विदेश पलायन हुनेमा मधेसी नागरिक हुन्, जुन राज्यकै तथ्याङ्कले देखाउँछ, राज्यले रेमिटेन्सका रूपमा स्रोत प्राप्त गर्ने तर ती नागरिकका लागि काम गर्ने वातावरण र स्वास्थ्यका विषयमा मौन रहेको छ”, विज्ञप्तिमा भनिएको छ । आर्थिक, राजनीतिक र समाजिकरूपमा पछाडि परेको मधेसी दलित समुदायको शिक्षा र स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्नुपर्नेमा समाजको जोड छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : २७ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ