एमाले निकट राष्ट्रिय युवा संघ खोटाङ विभाजित « Khabarhub

एमाले निकट राष्ट्रिय युवा संघ खोटाङ विभाजित


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– एमाले निकट राष्ट्रिय युवा संघ खोटाङ विभाजित भएको छ । बिहीबार हलेसीमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट रसकुमार राई र रोशन राईको अध्यक्षतामा युवा संघको छुट्टाछुट्टै समानान्तर कमिटी गठन भएको छ ।

युवा संघका उपमहासचिव रमेश तिवारी अध्यक्ष रहेको अध्यक्ष मण्डलबाट रोशनको अध्यक्षतामा युवा संघको ५९ सदस्यीय जिल्ला कमिटी गठन गरेको सार्वजनिक भएलगत्तै शुक्रबार असन्तुष्ट पक्षले रसकुमारको अध्यक्षतामा युवा संघको समानान्तर कमिटी गठन गरेको हो । 

बन्दसत्रमा सहमतिको प्रयास असफल भएपछि अध्यक्ष मण्डलले दिक्तेल पुगेर माले पार्टी कार्यालयबाट रोशनको नेतृत्वमा युवा संघ गठन भएको जानकारी दिएको थियो । रोशन नेतृत्वको युवा संघको उपाध्यक्षमा रामकृष्ण राई, सचिवमा सविन राई, उपसचिवमा लक्ष्मी गुरुङ, सुरेश राई र कोषाध्यक्षमा भैरव बस्नेत छन् ।

यस्तै, रसकुमार नेतृत्वको युवा संघको उपाध्यक्षमा पुस्कल राई, सचिवमा वीरेन्द्र मगर, सह-सचिवमा जगत किराती, मनोज राई, समी थुलुङ तथा कोषाध्यक्षमा रमेश परियार चयन भएको जानकारी दिइएको छ । रसकुमार नेतृत्वमा बनाइएको युवा संघको जिल्ला कमिटी सदस्यहरू अधिवेशनले टुंग्याए बमोजिम हुने विज्ञप्तीमा उल्लेख छ । रसकुमार यसअघि पनि युवा संघको जिल्ला कमिटी अध्यक्ष थिए । रोशन नेतृत्वको टिमले आफूलाई आधिकारिक दावी गरिरहेको छ । 

पार्टी नेतृत्वले प्रतिनिधिहरूको भावना विपरित बन्द कोठाबाट युवा संघको जिल्ला कमिटी घोषणा गरेको, संगठनमा योगदान गरेका व्यक्तिको अवमूल्यन गर्दै विधानविपरीत दशैँको दक्षिणाजस्तो आफ्नो मान्छेलाई कमिटीमा राखेर घोषणा गरेको असन्तुष्ट पक्षको आरोप छ । 

अध्यक्ष मण्डलका अध्यक्ष तिवारीले आकांक्षी धेरै भएकाले समस्या आएको तर तीन दिनभित्र दुबै पक्षलाई राखेर समस्या हल गर्ने बताए । जिल्ला अधिवेशन युवा संघका केन्द्रीय महासचिव क्षितिज थेवेले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : ३५ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि