प्रविधिको दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव « Khabarhub

प्रविधिको दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको  बताएकी छन् ।

महिला सुरक्षा दबाब समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नियमन गर्ने कानूनको अभावमा प्रविधिको दुरुपयोग रोक्न चुनौति रहेको बताइन्। उनले भनिन्, ‘नेपालमा  संसारमा बनेका सबै प्रविधि प्रयोग हुन्छन् तर त्यसको नियमन गर्ने कानून छैन ।’

आवश्यक नीति निर्माणका लागि मन्त्रालय लागिपरेको जानकारी दिँदै उनले भनिन्, ‘हामीले अहिले साइबर अपराध नियमनसम्बन्धी नीतिबारे मन्त्रालयमा छलफल गरिरहेका छौँ ।’ मन्त्री शर्माले प्रविधिको पहुँचसँगै दुरुपयोग बढ्दा महिला हिंसासमेत बढेको भन्दै सचेत रहन आग्रह गरिन्। उनले प्रविधिको निर्माणमा महिलाको सहभागिता हुन सकेमा मात्र प्रविधिलाई महिलामैत्री बनाउन सकिनेमा जोड दिइन् ।

‘हामी प्रविधि प्रयोग गर्छौँ तर त्यससम्बन्धी शिक्षा सबैलाई छैन । प्रविधिको दुरुपयोगले महिला हिंसा बढ्न नदिन डिजिटल शिक्षासम्बन्धी कार्यक्रमलाई व्यवहारिक बनाउन आवश्यक छ’, उनले भनिन्। 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै