नौ दिनसम्म चल्ने बिस्केट जात्रा आज सुरु हुँदै  « Khabarhub

नौ दिनसम्म चल्ने बिस्केट जात्रा आज सुरु हुँदै 


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको  बिस्केट (बिस्काः) जात्रा आज साँझ सुरु हुँदैछ ।

आठ रात नौ दिनसम्म मनाइने यो जात्रा आज सुरु हुन लागेको हो । जिब्रो छेड्ने जात्राको रुपमा पनि यो जात्रा चर्चित छ ।

सोमबार साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिने प्रचलन रेको छ । जसअनुसार जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिने गरिन्छ ।

सो रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पु‍र्‍याए पछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन रहदैँ आएको छ ।

लिच्छविकालदेखि सुरु भएको जात्रा नयाँ वर्षको अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि सुरु हुन्छ भने वैशाख ५ गते पनि भैरवनाथको नै रथ तानेर समापन गरिने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : ४० बजे

आज शहीद दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं – विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ

आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १६ गते शुक्रबार माघ