चीनको जेलमा रहेका इसाई पादरी अस्वस्थ « Khabarhub

चीनको जेलमा रहेका इसाई पादरी अस्वस्थ


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको युनान प्रान्तको ग्रामीण क्षेत्रमा गिर्जाघर सञ्चालक चाङ हाओ बन्दीगृहमा अस्वस्थ भएका छन् । बाइबलको श्लोक लेखिएको मास्क वितरण गरेको आरोपमा पक्राउ परेका उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हो ।

युनान प्रान्तको झाओतोङ सहरको जनअदालतले उनलाई जेलमा राख्ने आदेश दिएको छ । यसअघि गत अप्रिलमा उनले सञ्चालन गरेको चर्चमा प्रहरीले छापा मारी बाइबल र अन्य इसाई पुस्तकहरु जफत गरेको थियो ।

उनलाई ‘निहुँ खोजेको र समस्या निम्त्याएको’ आरोपमा जेल चलान गरिएको बताइएको छ । चीनमा राजनीतिक तथा धार्मिक आलोचकहरुलाई यस्तै आरोपमा पक्राउ गर्ने गरिएको छ ।

उनका परिवारले विभिन्न मानव अधिकारवादी संस्थाहरुसँग सम्पर्क गरी हाओलाई रिहा गराइदिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ५ : ४३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका