जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : सहरी विकासमन्त्री पाण्डे « Khabarhub

जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : सहरी विकासमन्त्री पाण्डे


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१५ स्थित आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गरे ।

“आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उनले भने, “कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।”

फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताए । यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ४ : २१ बजे

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ

मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको

चितवनबाट आएको बोडीमा अत्यधिक विषादी, जफत गरी नष्ट

चितवन– बिक्रीका लागि बुटवल लैजाने क्रममा चितवनबाट आएको हरियो बोडीमा

संसद् एकअर्काले गालीगलौज, आरोप प्रत्यारोप गर्ने ठाउँ हैन : सांसद शाही

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले संघीयता,