विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको  कैलारी गाउँपालिका-७  बसन्ताबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका-७ बस्ने ५४ वर्षीय सुकानु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले रामपुरबाट हसुलियातर्फ आउँदै  गरेको से.७ प २५०४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।    

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ६० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-११ बस्ने ४२ वर्षीय विक्रम सुवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीकै टीकापुर नगरपालिका-४ अस्नेरी बस्ने १५ वर्षीय किशोर र सोही नगरपालिका-२ अस्नेरी बस्ने २३ वर्षीय गणेश कार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीय किशोरको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले घर तालसी गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको  हो ।

उदयपुरको बेलका नगरपालिका-८ कोठुस्थित चतारा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय २० मिलिग्रामसहित सुनसरी रामधुनीभासी नगरपालिका-४ बस्ने ३७ वर्षीय हिरा साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले को.३१ प ६८१८ नम्बरको मोटरसाइकलले पदैलयात्रीलाई ठक्कर दिई उद्धार गर्ने क्रममा चालकलाई जाँच गर्दा उक्त खैरो हेरोइनसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकस्थित हार्दिक होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ३ हजार नेपाली रुपैयाँ, २ हजार ६ सय भारतीय रुपैयाँसहित कालिकोट सन्नीत्रिवेणी गाउँपालिका-३ बस्ने ३० वर्षीय अर्जुन देवकोटा र बाँके नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय खिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा वीरेन्द्रनगर नगरपालिका-३ माया कर्णाली होटलको कोठा नम्बर १०२ बाट बाँके नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने २३ वर्षीया सारदा सिंहलाई अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका-१२ स्थित कालिझोडा जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-७ मिया बस्ती बस्ने १९ वर्षीय महमद आरिफलाई प्रहरीले पक्राउ गरेको छ । उक्त जंगलमा लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी चार आलिबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न अर्जुनधारा नगरपालिका-११ स्टाफ चौक बस्ने २० वर्षीय प्रदिप दर्जीलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम, मेचीनगर नगरपालिका-१३ बस्ने २८ वर्षीय धन बहादुर महतारा र बिर्तामोड नगरपालिका-१० सैनिक बजार बस्ने २४ वर्षीय सन्दिप लाम्गादेलाई लागूऔषध ब्राउनसुगर ८ सय मिलिग्राम र  भारत दार्जिलिङ खोरिवारी ठाना बस्ने ३२ वर्षीय राजेन्द्र बर्मनलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम र नगद २७ हजार ५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।  

धनकुटाको साँगुरीगढी गाउँपालिका-७ फेदीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ ग्रामसहित महालक्ष्मी नगरपालिका-४ चानुवा घर भई झापा कमल गाउँपालिका-१ बस्ने ५१ वर्षीय मिन कुमार अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले को.१ ख ७८८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  

    

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ३ : २७ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज