नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला « Khabarhub

नाला सफा गर्ने क्रममा १०२ राउन्ड गोली फेला


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– वीरगञ्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।

आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका-१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोलामा उक्त गोली फेला परेको प्रहरीले जनाएको छ ।

जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले बताए । 

प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ३८ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै