‘नेपालीहरु चीनभन्दा भारतप्रति बढी सकारात्मक’ « Khabarhub

‘नेपालीहरु चीनभन्दा भारतप्रति बढी सकारात्मक’


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नागरिकमाझ चीनभन्दा भारतप्रति बढी सकारात्मक धारणा रहेको पाइएको छ । राहुल करण रेड्डीले अर्गनाइजेसन फर रिसर्च अन चाइना एण्ड एसियासँगको साझेदारीमा गरेको सर्वेक्षणमा नेपालीहरुले चीनभन्दा भारतलाई बढी मन पराउने पाइएको हो ।

राजधानी काठमाडौँका विभिन्न स्थानमा १८० नेपालीमाझ गरिएको सर्वेक्षणका सहभागीमध्ये ७० प्रतिशतले काठमाडौँका सार्वजनिक स्थलमा भारतको बढी उपस्थिती देखिएको जनाएका थिए भने केबल २६ प्रतिशतले चीनको उपस्थिती बढी रहेको उल्लेख गरेका थिए ।

त्यसैगरी, सर्वेक्षणमा सहभागीमध्ये ५१ प्रतिशतले भारतले आफ्नो सकारात्मक छवि प्रस्तुत गर्न सफल भएको उल्लेख गरेका थिए । यता, सहभागीमध्ये ४५ प्रतिशतले भने चीनले सकारात्मक छवि प्रस्तुत गर्न सफल भएको प्रतिक्रिया दिएका थिए ।

सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले नेपालको विकासका लागि भारत महत्वपूर्ण साझेदार रहेको बताएका थिए भने ३९ प्रतिशतले नेपालको विकासमा चीनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

त्यस्तै, सहभागीहरुमध्ये समान २९.४ प्रतिशतले विकास सहयोग र व्यापारका लागि भारतलाई प्राथमिकतामा राखेका थिए । ३२.७ प्रतिशतले विकास सहयोगमा र २८.८ प्रतिशतले व्यापारमा चीनलाई प्राथमिकतामा राखेका थिए ।

१ देखि १० सम्मको अंकमा चीन र भारतसँग नेपालको सम्बन्धलाई मापन गर्दा ५०.५ प्रतिशतले भारतलाई ६ देखि ८ सम्मको अंक दिएका थिए भने सर्वेक्षणमा सहभागी ४२ प्रतिशतले चीनलाई ६ देखि ८ सम्मको अंक दिएका थिए ।

सर्वेक्षणमा सहभागीमध्ये ५६ प्रतिशतले दुबै मुलुकसँग नेपालले समान स्तरको सम्बन्ध विकास गर्नुपर्ने बताएका थिए । २८ प्रतिशतले भारत र १५ प्रतिशतले चीनसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : १२ बजे

कोहलपुरमा भाइद्वारा दाजुको हत्या, अभियुक्त पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले

स्वास्थ्यमन्त्री मेहताको निर्देशनमा सरकारी अस्पतालको गुणस्तर अनुगमन तीव्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको

झण्डा र देशको माया अनि परदेश हिँडेकी सरू

बेइजिङ-स्थान- त्रिभुवन विमानस्थल, काठमाडौंसमय- असार १४ गते आइतबार राति ८.३०

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्यालसहित पाँच जना धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– विशेष अदालतले राहदानी छपाइ प्रकरणमा पक्राउ परेका राहदानी विभागका

शक्तिहीन भएपछि नजिकिँदै कम्युनिस्ट, एकताको धुन बजाएपनि पद छाड्न तयार छैनन् नेता

काठमाडौं- अहिले नेपालको वाम आन्दोलन इतिहासकै कमजोर अवस्थामा छ ।