‘नेपालीहरु चीनभन्दा भारतप्रति बढी सकारात्मक’ « Khabarhub

‘नेपालीहरु चीनभन्दा भारतप्रति बढी सकारात्मक’


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली नागरिकमाझ चीनभन्दा भारतप्रति बढी सकारात्मक धारणा रहेको पाइएको छ । राहुल करण रेड्डीले अर्गनाइजेसन फर रिसर्च अन चाइना एण्ड एसियासँगको साझेदारीमा गरेको सर्वेक्षणमा नेपालीहरुले चीनभन्दा भारतलाई बढी मन पराउने पाइएको हो ।

राजधानी काठमाडौँका विभिन्न स्थानमा १८० नेपालीमाझ गरिएको सर्वेक्षणका सहभागीमध्ये ७० प्रतिशतले काठमाडौँका सार्वजनिक स्थलमा भारतको बढी उपस्थिती देखिएको जनाएका थिए भने केबल २६ प्रतिशतले चीनको उपस्थिती बढी रहेको उल्लेख गरेका थिए ।

त्यसैगरी, सर्वेक्षणमा सहभागीमध्ये ५१ प्रतिशतले भारतले आफ्नो सकारात्मक छवि प्रस्तुत गर्न सफल भएको उल्लेख गरेका थिए । यता, सहभागीमध्ये ४५ प्रतिशतले भने चीनले सकारात्मक छवि प्रस्तुत गर्न सफल भएको प्रतिक्रिया दिएका थिए ।

सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले नेपालको विकासका लागि भारत महत्वपूर्ण साझेदार रहेको बताएका थिए भने ३९ प्रतिशतले नेपालको विकासमा चीनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

त्यस्तै, सहभागीहरुमध्ये समान २९.४ प्रतिशतले विकास सहयोग र व्यापारका लागि भारतलाई प्राथमिकतामा राखेका थिए । ३२.७ प्रतिशतले विकास सहयोगमा र २८.८ प्रतिशतले व्यापारमा चीनलाई प्राथमिकतामा राखेका थिए ।

१ देखि १० सम्मको अंकमा चीन र भारतसँग नेपालको सम्बन्धलाई मापन गर्दा ५०.५ प्रतिशतले भारतलाई ६ देखि ८ सम्मको अंक दिएका थिए भने सर्वेक्षणमा सहभागी ४२ प्रतिशतले चीनलाई ६ देखि ८ सम्मको अंक दिएका थिए ।

सर्वेक्षणमा सहभागीमध्ये ५६ प्रतिशतले दुबै मुलुकसँग नेपालले समान स्तरको सम्बन्ध विकास गर्नुपर्ने बताएका थिए । २८ प्रतिशतले भारत र १५ प्रतिशतले चीनसँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ५ : १२ बजे

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

सिरहा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश,

आयोगले भन्यो- निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भए

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा

साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा 

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक

मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम दिनको भिडभाड (तस्बिरहरू)

काठमाडौं–  मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूको भिड लागेको छ ।