नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने  « Khabarhub

नेपालले मैत्रीपूर्ण फुटबलमा भोलि म्यानमारसँग खेल्ने 


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्दैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा याङ्गुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा नेपाली समय अनुसार भोलि दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टोली नेपाललाई दबाबमा राखेको थियो ।

फिफा वरीयतामा नेपाल १ सय ७५औँ स्थानमा रहेको छ भने म्यानमार १ सय ६०औँ स्थानमा छ । 

यसपछि नेपालले लाओससँग खेल्नेछ भने म्यानमारले मकाउविरुद्ध खेल्ने छ । छनोटको प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ०१ बजे

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

पाटन– सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन अझैपनि चुनौतीपूर्ण रहेको सरोकारवालाले बताएका

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको