बहुमत सदस्य नपुग्दा सभामुख छान्न असफल « Khabarhub

बहुमत सदस्य नपुग्दा सभामुख छान्न असफल


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गरेको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा पृथ्वीबहादुर सिंह थिए ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राखेको अर्को प्रस्तावमा भएको मत विभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी मल्ल थिए ।

मत विभाजनमा ५० जनाले भाग लिएकामा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा मत विभाजनको प्रक्रियाद्वारा सभामुखको निर्वाचन सुरु हुँदा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित थिए।

सभामुखको भूमिकामा रहनुभएका शिवराज भट्टले मत विभाजनमा भाग लिनु भएन । सभामुखको भूमिकामा रहनुभएका भट्टले आवश्यक बहुमत सदस्य सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १० : ३३ बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको