बहुमत सदस्य नपुग्दा सभामुख छान्न असफल « Khabarhub

बहुमत सदस्य नपुग्दा सभामुख छान्न असफल


२८ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ ।

प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले पेस गरेको प्रस्तावमा गरिएको मत विभाजन ‘हुन्न’ भन्ने पक्षमा २६ मत पाउँदा ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा पृथ्वीबहादुर सिंह थिए ।

यसैगरी प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा एमालेकी जानकी ऐर बमले राखेको अर्को प्रस्तावमा भएको मत विभाजनमा ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो । उनको समर्थकमा माओवादी केन्द्रकी गीतादेवी मल्ल थिए ।

मत विभाजनमा ५० जनाले भाग लिएकामा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा मत विभाजनको प्रक्रियाद्वारा सभामुखको निर्वाचन सुरु हुँदा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित थिए।

सभामुखको भूमिकामा रहनुभएका शिवराज भट्टले मत विभाजनमा भाग लिनु भएन । सभामुखको भूमिकामा रहनुभएका भट्टले आवश्यक बहुमत सदस्य सङ्ख्या नपुग्दा दुवै प्रस्ताव अस्वीकृत भएको सदनलाई जानकारी गराए।

प्रकाशित मिति : २८ पुस २०७९, बिहीबार  १० : ३३ बजे

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो