फुलहमसँग चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड « Khabarhub

फुलहमसँग चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ ।

चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडबाट यस सिजनका बाँकी खेलका लागि लोनमा चेल्सी आएका थिए । ५८औं मिनेटमा केन्नी टिटेमाथि खराब फाउल गरेको पछि रेफ्रीले फेलिक्सलाई रातो कार्ड देखाएका थिए ।

२५औं मिनेटमा विलियानको गोलमा फुलहमले अग्रता लिएको थियो । ४७औं मिनेटमा खालिडोउ कोलिबेलीले चेल्सीलाई खेलमा फर्काएका थिए । ७३औं मिनेटमा कार्लोस भिनिसियसले फुलहमका लागि दोस्रो गोल गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ५९ बजे

गुल्मीमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी एक

इरानमा बन्धक उद्धारका क्रममा सुरक्षाकर्मीसहित ६ जनाको मृत्यु

एजेन्सी – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले दक्षिणपूर्वी

प्रस्तावित राजदूत सुनारले भने- १३ वर्षअघि प्रेम थियो, हिंसा गरेको छैन, नाम फिर्ता लिन्न

काठमाडौं– साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली राजदूत पार्कबीच भेट

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि गणतन्त्र कोरियाका

जनतासँगको सम्बन्ध कमजोर हुन नदिन रास्वपा प्रवक्ता खरेलको जोड

ललितपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी