अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने « Khabarhub

अन्तरजातीय विवाह गर्नेलाई एक लाख दिइने


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

मुगु – छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहनस्वरूप रु एक लाख दिने भएको छ । नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातीयविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरूले अन्तरजातीय विवाह गरेमा उनीहरूलाई प्रोत्साहनस्वरूप रु एक लाख उपलब्ध गराउने भएको हो ।

दलित छुवाछूत अन्त्य र उनीहरूको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएकाले त्यसैअनुरूप काम गरिने नगरप्रमुख विष्णुकुमार भामले बताए । उनले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित घरधुरी रहेको जानकारी दिए। संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार पाँच सयका दरले दलित भत्ता उपलब्ध गराइने उनले बताए । सो भत्ता अन्तिम पाचँ वर्षको कार्यकालमा रु पाँच हजारसम्म पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ ।

विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गइरहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९, अपाङ्गता भएका व्यक्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिकास्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागि अति आवश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : २० बजे

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले

सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र