एस्टन भिल्लामाथि सिटीको सहज जित « Khabarhub

एस्टन भिल्लामाथि सिटीको सहज जित


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ।

गएराति भएको खेलमा सिटीले एस्टन भिल्लामाथि ३–१ गोलको सहज जित निकालेको हो। खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए भने ३९ औं मिनेटमा इल्के गुन्डोगानले अग्रतालाई दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटी ३-० ले अघि रह्यो । ६१औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरे पनि हार जोगाउन सकेनन्।

जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ। २२ खेलमा ४८ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लिएको छ । एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ । आगामी बिहीबार यी दुई शीर्ष टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५० बजे

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक