रुसी राष्ट्रपतिलाई भेटेर नेता किम स्वदेश प्रस्थान « Khabarhub

रुसी राष्ट्रपतिलाई भेटेर नेता किम स्वदेश प्रस्थान


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मस्को– आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश प्रस्थान गरेका छन् ।

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किएका रुसी समाचार संस्था आरआईए नोवो स्तीले जनाएको छ । उनी राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा थिए। 

वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिएको रुसी समाचार समितिहरूले जनाएका छन् । उनले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गरे। 

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए। उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने प्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ५ : २९ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको