चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत « Khabarhub

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए । 

‘वर्षौँदेखि रोकिएको काम अब सुरु गर्छौं’, मन्त्री बस्नेतले भने- ‘पढाइसँगै रोजगारीको व्यवस्था पनि यहीँ गर्छौं ।’ एकातिर गाउँमा महिला स्वास्थ्य स्वयंसेविका सधैँभरि स्वयंसेवी भएर बस्नुपरेको र अर्कोतिर लाखौँ रुपैयाँ खर्च गरेर पढेका चिकित्सक र नर्स विदेश पलायन भइरहेको अवस्थामा सरकारले त्यसलाई व्यवस्थित गर्ने उनले बताए। वर्तमान अवस्थामा मुलुकमा ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो । 

‘हालसम्म ३१ हजार नर्स र झण्डै एक हजार मात्र चिकित्सकको दरबन्दी रहेको छ’, उनले भने। सो अवसरमा मन्त्री बस्नेतले स्वास्थ्यचौकीका लागि आवश्यक पर्ने उपकरण दुई महिनाभित्रमा उपलब्ध गराउने बताए। 

कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले विकट बस्तीका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चण्डेनीमण्डनको चण्डेनीडाँडा र ज्याम्दीको रामपुरमा स्वास्थ्य केन्द्र स्थापना गरी भवन, स्वास्थ्यकर्मी र औषधीको व्यवस्थापन नगरपालिकाले गर्दै आएको बताए। जोगिटारस्थित स्वास्थ्यचौकीलाई प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति गरी आवश्यक दरबन्दी र उपकरण व्यवस्थापन गर्न उहाँले मन्त्री बस्नेतसित आग्रह गरे । 

नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले भूकम्पपछि स्वास्थ्यचौकी भवन जीर्ण भएपछि कोरियाको रेडक्रसको सहयोगमा निर्माण गरिएका दुई भवनबाट सेवा दिँदै आएकामा अहिले भारत सरकारको सहयोगमा नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बताए। 

सो अवसरमा भवन निर्माणका लागि आवश्यकपर्ने जग्गा दान गर्ने विष्णुमणि नेपाल, पिताम्बर नेपाल र रामप्रसाद नेपाललाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १ : ५४ बजे

सुकुम्बासीहरुको स्क्रिनिङसँगै स्वास्थ्य जाँच तथा परामर्शका लागि टोली परिचालन

काठमाडौं– अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा

सरकारी प्रणाली ह्याक गरी ठेक्कामा हेरफेर : थप एकजना ठेकेदार र लेखापाल पक्राउ

काठमाडौं– सार्वजनिक खरिदसम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-गभर्न्मेन्टव

बुटवलमा पनि चल्यो डोजर, सरकारी जमिनबाट धमाधम हटाइँदै संरचना

बुटवल– बुटवलस्थित उच्च अदालतको अतिक्रमित सरकारी जग्गा खाली गराउन बिहान १०

छैटौँ दुगुनागढी-लिस्तिकोट ‘माउन्टेन ट्रेल रेस’ आगामी सोमबार

काठमाडौं– साहसिक खेल प्रवर्द्धन तथा नेपाली सेनाको इतिहासबारे भावी पुस्तालाई

चालिस युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम

टीकापुर– यहाँका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र ‘अफसेट छपाइ मेसिन