दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने, आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत, तिहारमा राष्ट्रपति पौडेलद्वारा गाईको पूजा, सिलिण्डर लिक भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति, लक्ष्मीमाताको रुपमा गरियो गाई पूजालगायतका समाचारले प्रमुख स्थान पाए । 

सरकारले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने
सरकारले भूकम्प पीडितहरूलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरूलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ ।

नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन्। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक र नर्स बन्न धेरै रकम तिरेर विदेश जान नपर्ने अवस्था सिर्जना गरिने बताए ।

चेपाङसँग तिहार मनाउन संस्कृतिमन्त्री चितवनमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए।

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् । उनले ‘टिकटक’ बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाए।

तिहारमा राष्ट्रपति पौडेलद्वारा गाईको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारका दिन आज देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुनेमा जोड दिएका छन् ।

सिलिण्डर लिक भई आगलागी हुँदा पाँच लाख बराबरको क्षति
काठमाडौँ महानगरपालिका(३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको छ ।

भूकम्पपीडितलाई पाँच लाख ५५ हजार सहयोग
नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्पपीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सङ्घका तर्फबाट चेक हस्तान्तरण गरेका हुन् ।

लक्ष्मीमाताको रुपमा गरियो गाई पूजा
तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज गाईको विधिपूर्वक पूजा आराधना गरी मीठामीठा खानेकुरा दिइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पुजिन्छ । गाईलाई लक्ष्मीमाताका रुपमा पनि सम्बोधन गरिन्छ ।

खुकुरी प्रहार गरी एक युवकको हत्या
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका-५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया-६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : १९ बजे

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी

विशिष्ट पदाधिकारी, दलका नेता र प्रतिष्ठित व्यक्तिका मतदान केन्द्र

काठमाडौं– प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि